– वि.स. २०७४ साउन ६ (सन्
२०१७ जुलाई २१)
#. चीनका राष्ट्रपति सी जिन
पिङले वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणा कहिले प्रस्तुत गर्नुभएको हो ?
– सन् २०१३ (नेपालले वि.स.
२०७४ वैशाख २५ मा ओवीओआरमा हस्ताक्षर गर्ने र्निाय गरेको । सो अनुरुप २०७४ वैशाख
२९ मा नेपालका तर्फबाट हस्ताक्षर भएको ।)
#.‘किरोबो’भनेको के हो ?
👉अन्तरिक्षबाट बोलेर सूचना दिने पलिो रोबोट (यस रोबोटले
पहिलो पल्ट सन् २०१३ अगस्ट २१ म बोलेर सूचना प्रदान गरेको थियो ।)
#. अमेरिकाद्वारा हालसम्मकै
शक्तिशाली गैरपरमाणु बम कहिले खसालिएको हो ?
👉सन् २०१७ अप्रिल १३ (९ मिटर लामो तथा नौ हजार ८०० केजी
तौलयुक्त सो बम अफगानिस्तानको नागरहार राज्यमा खसालिएको । सो बमको नाम ‘मदर अफ अल बम्स’ राखिएको थियो ।
#. नेपाल र चीनबीच यातायाता
तथा पारवहन सम्झौताको प्रोटोकलमा कहिले हस्ताक्षर भएको हो ?
👉सन् २०१९ अप्रिल २९ । (नेपाल र चीनबीच सन् २०१६ मा भएको
पारवहन सम्झौताको प्रोटोकलमा विसं २०७५ भाद्र २२ मा सहमति जुटेको थियो तर
हस्ताक्षर भएको थिएन ।)
#. जापानी सम्राट अकिहितोले
राजगद्दी त्याग कहिले गर्नुभयो ?
👉सन् २०१९ अप्रिल ३०
#. उत्तर कोरियाले हालै छोटो
दूरीको क्षेप्यास्त्र परीक्षण कहिले गर्यो ?
👉सन् २०१९ मे ४
#. विश्व सम्पदाभित्र पर्ने
हिमखण्डका विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार
विश्वको तापमान वृद्धिको दर यथावत रहेको कहिलेसम्ममा आधा हेरिटेज ग्लेसियर पग्लेर
गायब हुने छ ?
👉सन् २१००
#. नेपालबाट शून्य लागतमा
नेपाली श्रमिक लैजाने विषयमा नेपाल र ओमनबीच नयाँ श्रम सम्झौता गर्ने सहमति कहिले
भएको हो ?
👉सन् २०१९ मे ५
#. विश्व हाँसो दिवस कहिले
मनाइन्छ ?
👉मे ५ (सन् १९९८ मा मनाउन सुरु गरिएको ।)
#शैक्षिक सत्र, २०७६ का लागी सञ्चालन गरिएको विधार्थी भर्ना
अभियानको नारा के रहेको छ ?
👉:हाम्रो नगर हाम्रो गाँउ, सबै बालबालिका लाई विद्यालय पु-याउँ।
# सन् २०१९ अप्रिलमा
प्रसिद्ध पुलिट्जर पुरुस्कार बाट सम्मानित संस्था कुन हो ?
👉:क्यापिटल ग्याजेर
#सन् २०१९ मार्च ८ मा
मनाइएको अन्तराष्ट्रिय महिला दिवसको नारा के हो ?
👉:लैङ्गिक समानताका लागी समान सोच र व्यवहार समृद्धिको
आधार"
#सरकारले ज्येष्ठ नागरिकका
लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ कहिले गरेको हो ?
👉:वि.स. २०७६ वैशाख
#नेपाल राष्ट्र बैंकद्वारा
वि.स. २०७६ बैशाख ३ मा सार्वजनिक आव २०७५/७६को पहिलो आठ महिनाको आर्थिक तथा
वित्तीय अवस्थाअनुसार नेपालमा रेमिटन्सबापत कति रकम भित्रिएको छ ?
👉:५ खर्ब ८२ अर्ब
#. सरकारले बालुवाटारस्थित
देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न सर्बोच्च अदालतका पूर्व न्यायाधीश
मोहनमणि भट्टराईको अध्यक्षतामा आयोग गठन कहिले गरेको हो ?
👉वि.स. २०७६ वैशाख
२३
#. नेपालमा राष्ट्रिय
परिचयपत्र वितरणको कार्यक्रम कहिले शुरु गरिएको हो ?
👉वि.स. २०७५ मंसिर ३
#. प्राथमिक तहमा खस भाषाको
पढाइ सुरुवात गर्ने स्थानीय तह कुन् हो ?
👉जुम्लाको तातोपानी गाउँपालिका
#. कार्ट-टी के सँग
सम्बन्धित छ ?
👉: क्यान्सर रोग
#. राष्ट्रपति विद्यादेवी
भण्डारी संयुक्त राष्ट्रसंघको कमिसन अपनस्टाटस अफवुमन" को ६३ औं सत्रमा
सहभागी हुने सन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभयो ?
👉:वि.सं. २०७५ फागुन २६
#. राजधानी काठमाडौं बाट
सबैभन्दा नजिकमा रहेको जुगल हिमाल अन्तर्गत "ग्याल्को पिक" मा पहिलो पटक
सफल आरोहण कहिले गरियो ?
👉:वि.सं. २०७५ चैत २६
#. इतिहासमै पहिलो पल्ट
ब्याकहोल को तस्बिर कहिले सार्वजनिक गरियो ?
👉:सन् २०१९ अप्रिल १०
#. नेपाल सरकारले स्वास्थ
बिमा कार्यक्रम कहिले सुरु गरेको हो ?
👉:वि.सं. २०७२ चैत २५
(स्मरण रहोस सुरुवाती पहिलो
चरणमा वाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्की र कैलाली गरी ८ जिल्लामा स्वास्थ विमा कार्येक्रम
सञ्चालन गरिएको हो ।)
#. नेपालमा चिनियाँ नागरिकलाई फ्रि भिषा दिने नियर्ण कहिले
गरियो ?
👉:वि.सं. २०७२ पुष १०
#. नेपालको राष्ट्रिय झण्डा
अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ?
👉:वि.सं. २०७६ बैशाख ५ गते
#. नेपाल र बंगलादेश विच
दोहोरो करमुक्ति सम्बन्धि द्धिपक्षीय सम्झौता कहिले हस्ताक्षर भएको हो ?
👉:वि.सं. २०७५ फागुन २१
#. आठौं राष्ट्रिय खेलकुदमा
सबैभन्दा धेरै स्वर्ण पदक जित्ने खेलाडी को हुन
👉:गौरिका सिहं
#. बैज्ञानिकले पत्ता लगाएको
नयाँ ग्रहको नाम के हो ?
👉:केप्लर-४७ डी
(स्मरण रहोस् सो ग्रह २०१९
अप्रिल २३ मा पत्ता लागेको हो ।)
#. विश्वको सबैभन्दा धेरै
पानी पर्ने ठाउँ कहाँ पर्दछ ?
👉:चैरापुञ्जी
#. पहाड क्षेत्रको सबैभन्दा
अग्लो टाकुरा शैलुङ्ग दोलखा जिल्लामा पर्दछ भने चुरे क्षेत्रको सबैभन्दा अग्लो
चुचुरो गार्वा कुन जिल्लामा पर्दछ ?
👉:कैलाली
#. शिवालिक पर्वत श्रृंखला
कुन स्थानमा रहेको छ ?
👉:तराई तथा भित्री मधेश
#. नेपालको एउटै नामले
दुईतिर बग्ने नदी कुन हो ?
👉:राप्ती
#. रातदिन अक्सिजन दिने
विरुवा कुन हो ?
👉:तुलसी
#. नेपालमा वालकको सालनाल
काट्ने चलन कसले चलाएका थिए ?
👉:अंशुवर्मा
#. रानीपोखरीको वास्तविक नाम
के थियो ?
👉:विष्णु तिर्थ
#. त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थलको स्थापना कहिले भएको हो ?
👉:वि.सं. २०१२ सालमा
#. चमेलिया जलविद्युत आयोजना
कहाँ पर्दछ ?
👉:दार्चुला
#. वायुमण्डलमा कति प्रतिशत
नाइौजन हुन्छ ?
👉:७८ प्रतिशत
#. नेपालको कति जिल्लामा
चुरे जलाधार संरक्षण कार्यक्रम सञ्चालन भएको
छ ?
👉:१३ जिल्लामा
#. नेपाल प्रहरीको पहिलो
फर्म्ड पुलिस युनिट (एफपीयु) मिसन कहिले बन्द भएको हो ?
👉वि.स. २०७६ वैशाख १७ (सन् २१९ अप्रिल ३०)
#. नेपालमा स्वास्थ्य बीमा
कार्यक्रम कहिलेबाट सुरु गरिएको हो ?
👉वि.स. २०७२ चैत २५
#. अखिल नेपाल फूटबल संघ
(एन्फा) द्वारा एन्फा दिवस कहिले मनाइयो ?
👉वि.स. २०७६ वैशाख २२
#.‘पुतली घर’नामक कृतिका सर्जक को हुन् ?
👉पुष्पा बस्नेत
#. केन्द्रीय तथ्याङ्क
विभागले वि.स. २०७६ वैशाख १३ मा सार्वजनिक गरेको विवरणअनुसार आ २०७५/७६ मा नेपालको
आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
👉६ दशमलव ८१ प्रतिशत
#. आर्थिक वर्ष २०७६/०७७ का
लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा कहिले प्रस्तुत गरियो ?
👉वि.स. २०७६ वैशाख २० (नीति तथा कार्यक्रम वैशाख २४ गते
संसदद्वारा पारित भयो ।)
#. वि.सं २०७६ वैशाख २१ म
सम्पन्न सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्ने प्रतियोगी
को हुन् ?
👉ग्यालेकसी फिटनेस, झापाका उमेश राई ।
#आठौं राष्ट्रिय खेलकुद
२०७५-०७६
२०७५ साल चैत २७ गतेदेखि
सुरु भएको आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते
नेपालगन्ज रंगशालामा भयो।
प्रतियोगिताका अधिकांश
खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा र
केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत भएका थिए !
#आठौं राष्ट्रिय खेलकुद
२०७५-०७६ पदक तालिका
👉नेपाल आर्मी :- १४० स्वर्ण ८२ रजत, ६४ कास्य
👉नेपाल प्रहरी :-६२ स्वर्ण ४९ रजत, ४६ कास्य
👉एपीएफ :- ५४ स्वर्ण ६९ रजत, ८० कास्य
👉प्रदेश ३ गण्डकी:-२२ स्वर्ण ४० रजत, ६० कास्य
👉प्रदेश ५:-११ स्वर्ण २६ रजत, ४८ कास्य
👉प्रदेश १ :-९ स्वर्ण २० रजत, ५९ कास्य
👉सुदुरपश्चिम प्रदेश :-८ स्वर्ण १२ रजत, ३४ कास्य
👉प्रदेश २:-६ स्वर्ण ७ रजत, २० कास्य
👉एनआन:-६ स्वर्ण २ रजत, ५ कास्य
👉कर्णाली :-३ स्वर्ण ४ रजत, १७ कास्य
#Miss Nepal 2019
👉अनुस्का श्रेष्ठ
👉उनी २४ औ मिस नेपाल हुन
👉मिस नेपाल यूनिभर्स :- प्रदिप्ता अधिकारी
👉मिस नेपाल अर्थ :- रिया बस्नेत
👉मिस नेपाल इन्टरनेशनल:- मिरा कक्षपति
👉त्यस्तै यस पटक मिस नेपाल सुप्रानेशनल भनेर नयाँ उपाधि पनि
थपिएकोमा उक्त ताज रोज लामाले पहिरिन् !
👉२०१८ को मिस नेपाल; - श्रृखला खतिवडा
👉यो प्रतियोगिता सन् १९९४ बाट शुरु भएको हो
#नेपाली भू-उपग्रह
👉नाम : नेपालीस्याट -१
👉प्रक्षेपण मिति : २०७६ बैशाख ५ ( २०१९अप्रिल १८ )
👉प्रक्षेपण स्थान : अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (
आईएसएस ) भर्जिनिया, अमेरिका
👉निर्माण गर्ने: जापानमा अध्यनरत बैज्ञानिक आभास मास्के र
हरिराम श्रेष्ठ
👉तौल: १ किलो ३०० ग्राम
👉लम्बाई, चौडाइ, उचाई: १० सेन्टिमिटर
👉पृथ्वी भन्दा ४०० कि.मि माथि रहने
👉९० मिनेटमा पृथ्वी परिक्रमण गर्ने
👉५ देखि ८ मेनेटसम्म नेपालि आकाशमा रहने
# लगानी सम्मेलन २०१९
👉यस्ता छन् लगानीका सम्झौता/समझदारी र घोषणा
१. चौधरी ग्रुप र सराफ
ग्रुपबीच संयुक्त लगानीमा मल्टिपर्पोज सेन्टर विकास गर्ने सम्झौता। चौधरी ग्रुपका
प्रबन्ध निर्देशक निर्वाण चौधरी र सराफ ग्रुपका कार्यकारी निर्देशक सलाह सराफले
सम्झौतामा हस्ताक्षर गरे।
२. चौधरी ग्रुप र स्काई
पावरबीच संयुक्त लगानीमा ६ सय मेगावाटको सोलार पावर स्थापना गर्ने सम्झौता । निर्वाण
चौधरी र स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले सम्झौतामा
हस्ताक्षर गरे।
३. सिजी लाइफसेल र
तुर्कसेलबीच फाइभ–जी नेटवर्क सेवामा संयुक्त लगानी गर्ने सम्झौता । चौधरी
ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र तुर्कसेलका बिजनेस प्रमुख नेजत
मुरातद्वारा हस्ताक्षर।
४. १ सय ६४ मेगावाटको
कालिगण्डकी जर्ज जलविद्युत् परियोजना संयुक्त विकास गर्न हाइड्रो सोलुसन ग्रुप,
नेपाल र सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड
रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेडबीच सम्झौता। सम्झौतामा हाइड्रो सोलुसनका
अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सांघाई इन्भेस्टिगेसनका अन्तर्राष्ट्रिय व्यवसाय
प्रमुख जु जेङसेङले हस्ताक्षर गरेका छन्।
५. लगानी बोर्ड नेपाल (आइबिएन),
इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) र
विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणबीच पिपिपी मोडलमा सिमरा सेज विकास गर्ने
सम्झौता। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत
चण्डिका भट्ट र आइएफसीका वरिष्ठ लगानी अधिकृत पंकज सिन्हाद्वारा हस्ताक्षर।
६. सिन्सियर कन्सल्टिङ
लिमिटेड र रिसोर्सेस हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बनेपामा हिमालय बुटिक
भिलेज रिसोर्ट विकास गर्ने सम्झौता। रिसोर्स हिमालयका कार्यकारी अध्यक्ष
ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङका प्रबन्ध निर्देशक एडिइ सियाद्वारा
हस्ताक्षर।
७. गैरआवासीय नेपाली संघ
(एनआरएन) र उद्योग विभागबीच नेपालमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँको कोष स्थापना
गर्ने समझदारी। एनआरएनका अध्यक्ष भवन भट्ट र विभागका महानिर्देशक विनोद प्रकाश
सिंहद्वारा हस्ताक्षर।
८. भारतको नेसनल कल्चरल
म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयरहाउस कम्पनी लिमिटेडबीच ग्रेन वेयर
हाउसमा संयुक्त लगानी गर्ने सम्झौता। सम्झौतामा नेपाल वेयरहाउसका प्रबन्ध निर्देशक
आनन्द बगारिया र नेसनल कल्चरलका कार्यकारी अधिकृत अनुपम कौसिकले हस्ताक्षर गरेका छन्।
९. नेपाल निर्माण
व्यवसायी महासंघ (एफक्यान) र म्यानमार लाइसेन्स्ड कन्ट्र्याक्टर एसोसिएसन
(एमएलसिए)बीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी। महासंघका अध्यक्ष रवि सिंह
र एमएलसिएका अध्यक्ष यु किवाद्वारा समझदारीपत्रमा हस्ताक्षर।
१०. कोरियन इन्भेस्टर (कोसेप)ले
२ सय १६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा ६५
करोड अमेरिकी डलर लगानी गर्ने निश्चित गरेको छ। कोरियन इन्भेस्टरका उपाध्यक्ष हाक
विन किमले लगानीको घोषणा गरे।
११. भारतको मुथुट
फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा ३९ करोड ९० लाख रुपैयाँ लगानी गर्ने।
मुथुटको नेपाल कन्ट्री हेड अनिल कार्कीले लगानीको घोषणा गरे।
१२. लगानी बोर्ड नेपाल
(आइबिएन) र इन्भेस्टमेन्ट बोर्ड, साउथ अफ्रिकाबीच आपसी
सहकार्य गर्ने समझदारी। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी
र इन्भेस्ट साउथ अफ्रिकाका कार्यकारी प्रमुख युनुस हुसेनद्वारा समझदारीपत्रमा
हस्ताक्षर।
१३. अपि पावर कम्पनी
लिमिटेड नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच सोलार पावर (१८ मेगावाट), जलविद्युत परियोजना (९८ मेगावाट) र विन्ड प्रोजेक्ट (१० मेगावाट) विकासमा
लागनी गर्ने समझदारी। अपि पावरका अध्यक्ष गुरु न्यौपाने र कँडेल ग्रुपका अधयक्ष
राजन कँडेलले समझदारीपत्रमा हस्ताक्षर गरे।
१४. डोल्पा हिमालयन
फाउन्डेसनले जलविद्युतमा ८ करोड डलर लगानी गर्ने। प्रबन्ध निर्देशक सन्दीप
साहद्वारा लगानीको घोषणा।
१५. प्रदेश दुई र सीजी
इन्फ्रास्ट्रक्चर प्रालीबीच प्रदेश २ मा सोलार प्लान्ट स्थापना गर्ने समझदारी।
निर्वाण चौधरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवद्वारा समझदारीपत्रमा
हस्ताक्षर।
१६. कुल १ खर्ब १२ अर्ब
२८ करोड ८५ लाख रुपैयाँ लगातको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा
लगानी गर्ने प्रतिबद्धतापत्रमा भारतीय तथा नेपाली बैंक र आयोजना विकास गर्ने
कम्पनी एसजिभिएनबीच हस्ताक्षर। अरुण ३ मा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड,
एभरेस्ट बैंक लिमिटेड नेपालले ८ अर्ब १२ करोड
६१ लाख र नबिल बैंक लिमिटेड नेपालले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ लगानी
गर्नेछन्। प्रतिबद्धतापत्रमा एसजिभिएनका प्रमुख कार्यकारी अधिकृत सतिश कुमार शर्मा,
स्टेट बैंक अफ इन्डियाकासहायक महाप्रबन्धक
पिसारोती विनोद कुमार, एभरेस्ट बैंकका
उपप्रबन्धक गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले
हस्ताक्षर गरे।
#अध्ययनका लागि चन्द्रमामा
पठाइएको इजरायलको अन्तरिक्षयान चन्द्रमाको सतहमा कहिले दुर्घटना भयो ?
👉२०१९ अप्रिल १२
(नोट – इजरायलको “बेरेसिट” नामक यान मौसमको खराबीका
कारण चन्द्रमाको सतहमा विस्फोट भएको हो ।)
#. नेपाल साप्ताहिकले “वर्ष व्यक्ति २०७५” कसलाई घोषणा गर्यो ?
👉दुर्गादेवी पन्त (कञ्चनपुर), निर्मला पन्तकी आमा
#. प्रदेश नम्बर ४ को नाम
गण्डकी प्रदेश नामकरण कहिले भयो ?
👉२०७५ असार २२
#. कुसुन्डा जातिबाट
पहिलोपटक नागरिकता प्राप्त गर्ने व्यक्ति को हुन् ?
👉राजामामा कुसुन्डा
#. नेपालको वर्तमान
संविधानअनुसार नेपालको राजधानी काठमाडौं हुनेछ भनी कतिऔँ धारामा उल्लेख गरिएको छ ?
👉धारा २८८
#.राष्ट्रपति सर्वोत्कृष्ट
कृषक पुरस्कार २०७५ बाट सम्मानित हुने कृषक को हुन् ?
👉राजेन्द्रराज पन्त
#. पर्वतारोही डन
वार्गोस्कीका अनुसार ७,१६२ मिटर अग्लो वरुणत्से
हिमालमा पुग्ने कुकुरको नाम के हो ?
👉मेरा (पोथी कुकुर) (नोभेम्बर ९, २०१८ मा उक्त कुकुर वरुणत्से हिमाल पुगेको हो ।)
#. पश्चिमी अफ्रिकी देश
टोगोको राजधानी कहाँ रहेको छ ?
👉लोम (नोट -टोगो नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने १६४
औँ राष्ट्र हो ।)
#. बाह्रौँ राष्ट्रिय बौद्ध
सम्मेलन कहाँ सम्पन्न भयो ?
👉लमजुङ (२०७५ चैत्र २४ गते)
#. राष्ट्रिय विकास परिषद्
२०७५ को गठन कहिले भयो ?
👉२०७५ चैत्र ८(नोट - राष्ट्रिय योजना आयोग गठन तथा कार्य
सञ्चालन आदेश २०७४ को व्यवस्थाअनुसार गठन भएको ।)
#. हालसम्मको रेकर्डअनुसार
सबैभन्दा वृद्ध फुटबल खेलाडी को हुन् ?
👉इन्साक खायिक (इजरायल)
(नोटः–७३ वर्षीय खायिक इजरायलको क्लब ओर येहुदाबाट
गोलरक्षक बनी फुटबल खेलेका थिए ।)
#.विभिन्न समयमा भएका युद्ध
झल्किने गरी “युद्ध स्मारक पार्क”
कहाँ निर्माण हुँदैछ ?
-कीर्तिपुर
#. समलिंगी विवाहलाई ढुंगाले
हानेर मार्ने कानुन बनाउने देश कुन हो ?
👉ब्रुनाई
#. हालै महिला
विभेदविरुद्धको युएन समितिको उपाध्यक्षमा को नियुक्त भएकी छन् ?
👉बन्दना राणा
#. पाँचौं महिला साफ फुटबल
च्याम्पियनसिपको उपाधि कुन राष्ट्रले जित्यो ?
👉भारत (नोटः-भारतले नेपाललाई फाइनलमा ३ का विरुद्ध १ गोलले
पराजित गरेको हो ।)
#. मानिसको वैज्ञानिक नाम
होमोसेपिन्स हो भने भैँसीको वैज्ञानिक नाम के हो ?
👉बुबालस बुबालिस
#. राष्ट्रिय कलाश्री सम्मान
२०७५ कसलाई प्रदान गरियो ?
👉बैरागी काइला (नोट -उक्त पुरस्कारको राशी १ लाख रहेको छ ।)
#. नेपालको पहिलो महिला सचिव
को हुन् ?
👉चन्द्रकला किरण
#.“भिजन फाइभ मिलियन योजना”
के हो ?
👉प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले
सन् २०३०सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित तर्जुमा गरेको अभियान
हो भिजन फाइभ मिलियन योजना ।
#. ओजोन तहको क्षयीकरण
नाप्ने एकाइ कुन हो ?
👉डबसन
#. चर्चित साहित्यिक उपन्यास
“मृत्युको आयु” कृतिका लेखक को हुन् ?
👉रवीन्द्र समीर
#. काठमाडौंबाट सबैभन्दा
नजिक रहेको जुगल हिमशृंखला ६,१५१ मिटर उचाइको
ग्याल्जेन हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला कहिले प्रवेश गर्यो ?
👉२०७५ चैत्र २६ (नोट -माया गुरुङ, मिलन लामा र सर्मिला थापाको टोलीले आरोहण गरेको हो ।)
#.नेपाल सरकारले देशमा
विद्यमान रहेका पाँचवटै विकास क्षेत्र कहिले खारेज गर्ने निर्णय गर्यो ?
👉२०७५ चैत्र २८
#. स्मार्ट मिनी मोडल्स अफ द
वल्र्ड २०१९ को उपाधि कसले जित्यो ?
👉प्रिन्सा खड्का
#. पन्ध्रौँ योजनाको
आधारपत्रलाई अन्तिम रूप दिन राष्ट्रिय विकास परिषद्को पछिल्लो बैठक कहिले सम्पन्न
भयो ?
👉२०७५ चैत २० र २१ गते
(स्मरण रहोस् उक्त बैठकबाट
राष्ट्रिय योजना आयोगले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न ५५ वटा सूचक
तय गरेको छ भने राष्ट्रिय विकास परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ)
#. पुष्पा बस्नेतको जीवनीमा
आधारित चर्चित कृति ‘पुतलीको घर’का लेखक को हुन् ?
👉घनश्याम खड्का
#. मदन भण्डारी स्मृति
पत्रकारिता पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
👉सुवास घिमिरे र हरिप्रसाद जोशी
(स्मरण रहोस् उक्त
पुरस्कारको राशि जनही ५० हजार रहेको छ)
#. ‘राष्ट्रिय सहकारी दिवस’
कहिले मनाइन्छ ?
👉चैत २० गते
(यस वर्षको नारा–दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी
भन्ने रहेको छ)
#. हालै नियुक्त संवैधानिक
आयोगमध्ये थारू आयोगका अध्यक्ष वा प्रमुख को हुन् ?
👉डा. विष्णुकुमार चौधरी
(चौधरी २०७५ चैत ७ गते
थारू आयोगको प्रमुखमा नियुक्त भएका हुन्)
#. सन् २०१९ मा ‘ट्रिप एडभाइजर डटकम’ अनुसार घुम्नैपर्ने सहरको सूचीमा काठमाडौं कतिऔँ स्थानमा
रहेको छ ?
👉१९औँ स्थानमा
#. गुगलको सामाजिक सञ्जाल
गुगल प्लस औपचारिक रूपमा कहिलेबाट बन्द भयो ?
👉२०१९ अप्रिल २ (२०७५ चैत १९)
(नोट- गुगल प्लसको स्थापना
सन् २०११ मा भएको हो)
#. राजर्षि जनक
विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका संसद्बाट कहिले पारित भयो ?
👉२०७४ असोज २६
#. राष्ट्रिय खेलकुद
परिषद्को लोगो निर्माता को हुन् ?
👉देवलाल मोक्तान
#. बहुआयामिक गरिबी सूचकांक
२०७४ कहिले सार्वजनिक भयो ?
👉२०७४ पुस ५
(नोट-उक्त प्रतिवेदनअनुसार
२८.६२ प्रतिशत गरिबी रहेको छ)
#. क्यामेरा ट्र्यापिङ
प्रणाली केसँग सम्बन्धित रहेको छ ?
👉बाघ गणना
#. विद्युत्को पिता भनेर
कसलाई चिनिन्छ ?
👉माइकल फाराडे
#. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सल्लाह,
सुझाब र गुनासोका लागि कल सेन्टरको सुरुवात
कहिले ग-यो ?
👉२०७५ चैत १८
#.‘न्यायाधीशहरूको तेस्रो
राष्ट्रिय सम्मेलन २०७५’ कहिले सम्पन्न भयो ?
👉२०७५ चैत २० देखि २२ सम्म
(नोट- न्यायपालिकाको
स्वतन्त्रता : न्यायिक सुशासन हाम्रो प्रतिबद्धता भन्ने नारा रहेको थियो)
#.‘एबल अवार्ड २०१९’कसलाई प्रदान गरियो ?
👉डा. केरेन युलेनबेक (अमेरिका)
(नोट-एबल अवार्डलाई गणित
विधाको सबैभन्दा ठूलो पुरस्कार मानिन्छ भने यो अवार्ड मार्च १९, २०१९ मा प्रदान गरिएको हो)
#.‘बेइमानहरू विज्ञापनमा र
इमान्दारहरू योग्यतामा बाँच्न चाहन्छन् ।’ यो भनाइ कसको हो ?
👉जोन रस्किन
#. हालै निर्वाचित नेपाल बार
एसोसिएनका अध्यक्ष को हुन् ?
👉चण्डेश्वर श्रेष्ठ (वरिष्ठ अधिवक्ता)
0 comments: