नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर


  • नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.

  •  नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.

  • नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.

  • नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया

  • नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५

  • नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५

  • नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर

  •  नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस

  •  नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ु पूर्वी देशान्तरदेखि ८८°१२ु पूर्वी देशान्तरमा

  •  नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६°२२ुउत्तरी अक्षांसदेखि ३०°२७ु उत्तरी अक्षांसमा

  • नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा

  • चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६

  • भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा

  •  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा

  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली

  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो

  • क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर

  • नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट

  • नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६°१५ु देशान्तर 
  • रेखालाई

  •  नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल

  • कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका

  • नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते

  • नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल

  • ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती

  • ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी

  • महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा

  • गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा

  • सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट

  • चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला

  • सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
  • –जलेश्वर

  • ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी

  • सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली

  • अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान

  • नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला

  •  नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा

  • भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४

  • चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा

  • दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग

  • काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.

  • नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज

  • नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की

  • नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग

  • नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा

  • मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर

  • सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा 
  • पर्दछ ? –इलाम

  • महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की

  • हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक

  • महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु

  • भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी

  • काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल

  • काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु

  •  काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले

  • चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर

  • झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग

  • कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन

  • महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा

  • सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)

  • दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी

  • नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर

  • अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा

  • क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली

  • नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग

  • नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा

  • च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा

  • म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा

  • नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी

  • विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर

  • पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा

  • हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा

  • तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा

  • काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी

  • धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश

  • हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५

  • पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८५

  • तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७५

  • नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत

  • पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत

  • तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत

  • नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर

  • भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित

  • नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली

  • नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.

  • फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट

  • हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म

  • पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म

  • तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म

  • चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)

  • नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती

  • पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा

  • पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा

  • पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की

  • धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी

  • महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.

  • ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर

  • दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा

  • नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट

  • जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल

  • सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग

  •  सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले

  • मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत