ना.सु वा खरिदार पदको द्वितिय पत्र, नमुना प्रश्नपत्र


विषय: सामाजिक-आर्थिक अवस्था 

सबै प्रश्नहरु अनिवार्य छन्

खण्ड (Section) "A" अंक ४०

१. नेपालमा पाइने हावा पानीका  किसिम उल्लेख गर्दै, हावापानीलाई प्रभाव पार्ने तत्वहरुको बारेमा सङ्क्षेपमा लेख्नुहोस ।

२. नेपालमा बन सम्पदाको महत्व उल्लेख गर्नुहोस् ।

३. छोटकरीका टिप्पणी लेख्नुहोस ।

--गोशाइकुण्ड
--पोखरा

४ चौथो त्रिवर्षिय योजनाले कृषि सम्बन्धी के कस्तो उद्देश्य लिएको छ ? उल्लेख गर्दै ति उद्देश्य प्राप्त गर्न अपनाइएका रणनिति बारे लेख्नुहोस ।

५. जनसंख्या भनेको के हो ? नेपालको जनसंख्याका विशेषताहरु उल्लेख गर्नुहोस् ।

६. सामाजिक सुरक्षा भनेको के हो ? सामाजिक सुरक्षाका उद्देश्यहरु उल्लेख गर्नुहोस् ।

७. वातावरण प्रदुषणलाई परिभाषित गर्दै यसबाट उतपन्न हुने समस्याहरु र ती समस्या समाधान गर्ने उपायहरु उल्लेख गर्नुहोस् ।

खण्ड (Section) "B" अंक ३०

संवैधानिक व्यवस्था र सरकार

८. नेपालको संविधान २०७३ मा थप गरिएका नयाँ हकहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।

९. नागरिक वडापत्र भनेको के हो ? नागरीक वडापत्रमा समेटिने विषयहरु उल्लेख गर्नुहोस् ।

१०. नागरिक शिक्षाको आयामहरु बारे लेख्नुहोस् ।

११. कानुनी राज्यको अवधारणा स्पष्ट पार्दै यसको महत्व उल्लेख गर्नुहोस् ।

१२ . सकारात्मक विभेद र आरक्षणलाई परिभाषित गर्दै यिनीहरु बिच रहेको अन्तर छुट्याउनुसहोस् ।

खण्ड (Section) "C" अंक ३०

सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन

१३. कार्यालय व्यवसथापनमा सूचना प्रणालीको आवश्यकता कीन पर्दछ ? उल्लेख गर्नुहोस् ।

१४. लेखा प्रणाली भनेको के हो? नेपालको वर्तमान नयाँ श्रेस्ता प्रणालीको बारेमा लेख्नुहोस् ।

१५. दोहोरो करमुक्ति शम्झौता (DIAA)को बारेमा सक्षेपमा लेख्नुहोस् ।

१६. निजामति सेवामा वृत्ति विकासको के कस्तो व्यवस्था गरिएको छ ? लेख्नुहोस्।

१७. सार्वजनिक सेवा प्रवाह भनेको के हो ? नेपालमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी के कस्ता प्रयास हुदै आइरहेका छन् । उल्लेख गर्नुहोस् ।

0 comments: