खण्ड (Section - A
80॥
नेपालको सामाजिक, आर्थिक एवं वातावरणीय अवस्था
तलका प्रश्नहरूको छोटे उत्तर लेख्नुहोस् ।
१. नेपालको तराई प्रदेशको परिचय दिंदै यसले देशको आर्थिक विकासमा फ्याएको योगदान बारे चर्चा गर्नुहोस्।
२. जलसम्पदा भनेको के हो ? सप्तकोशी नदी र फेवा तालको बारेमा लेख्नुहोस्।
३. "दराइ" समुदायका बारेमा प्रकाश पार्नुहोस्।
४. आर्थिक विकासको लागि सार्वजनिक क्षेत्र र निजी क्षेत्रबीच कस्तो सम्वन्ध हुन जरुरी छ? चर्चा गर्नुहोस्।
५. नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वबारे उल्लेख गर्नुहोस्।
६. नेपालको निर्यात व्यापारमा अपेक्षित वृद्धि हुन नसक्नुका मुख्य कारणहरू के के हुन?
निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस्।
७.जलवायु परिवर्तन हुनुको मुख्य कारण उल्लेख गर्दै वातावरण प्रदुषण कम गर्ने उपायहरू उल्लेख गर्नुहोस्।
खण्ड (Section)-B
अंक -३०
निम्न प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्।
८. लोकतान्त्रिक मूल्य र मान्यता भन्नाले के बुझिन्छ ? यसको महत्व प्रकाश पार्नुहोस्।
९. नेपाल सरकारको केन्द्रीय संगठन अन्तर्गत कस्ता निकायहरू पर्दछन् ? लेख्नुहोस्।
१०. नागरिक समाज भनेको के हो ? यसका प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस्।
११. नेपालको वर्तमान संविधानका मुख्य विशेषताहरू के के हुन् ? प्रकाश पार्नुहोस्।
निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस्।
१२ . समावेशीकरणले समाजमा के कस्तो परिवर्तन भएको छ? उल्लेख गर्नुहोस्। १०
खण्ड(Section) -C
अंक -३०
निम्न प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्।
१३. कार्यालय सञ्चालन गर्नको लागि सूचना र संचारको महत्वको बारेमा लेख्नुहोस्।
१४. सार्वजनिक सेवा प्रवाहमा सार्वजनिक सुनवाईको महत्वबारे चर्चा गर्नुहोस्।
१५. निजामती सेवा ऐन, २०४९ बमोजिम नेपालको निजामती सेवाको गठन सम्वन्धमा प्रष्ट पार्नुहोस्।
१६.नेपालको लेखा प्रणालीका प्रमुख सिद्धान्तहरू उल्लेख गर्नुहोस्।
निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस्।
१७. बजेटचक्र भनेको के हो ? बजेट तर्जुमा गर्न के कस्ता विषयमा ध्यान दिनुपर्दछ? उल्लेख गर्नुहोस्। १०