खरिदार तथा नायब सुब्बा लक्षित महत्वपूर्ण जानकारीहरु


✪  SAPTA को अबधारणा - १० अप्रैल १९९३ (सातौ शिखर सम्मेलन)

✪ सहुलियतपूर्ण व्यापारसम्बन्धि सार्क सम्झौता  कहिले बाट लागु भएको हो - सन १९९५ डिसेम्बर ७

✪ SAPTA को अबधारणा ल्याउने देशकुन हो - श्रीलंका

✪ SAPTA अनुमोदन गर्ने प्रथम देश - नेपाल सन १९९३ सेप्टेम्बर २८

✪ SAPTA अनुमोदन गर्ने अन्तिम देश - बंगलादेश सन १९९५ नोभेम्बर ५

✪ सहुलियतपूर्ण व्यापारसम्बन्धि सार्क सम्झौता SAPTA मा नेपालबाट कसले हस्ताक्षर गरेका हुन - महेश आचार्य

✪  SAPTA मा कति वटा धारा रहेका छन - २५ धारा

✪  SAFTA को पुरा रुप के हो- south asia free trade area

 ✪  SAFTA मा नेपाल बाट हस्ताक्षर गर्ने व्यति को हुन ? - डा. भेष बहादर थापा

✪  विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो ।

 ✪  नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।

 ✪  नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन् ।

 ✪  विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्।

 ✪   गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी 50 हजार अमेरिकी डलर छ।

 ✪  सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।

 ✪  वि. स २०७४ चैत्रमा सम्पन्न धनगडी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - टिम चौराहा (धनगडी )

 ✪  पारिजात सृजना सम्मान २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन् ? - समालोचक डिआर पोखरेल

 ✪  EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो ।

 ✪   नेपाललाई २०६३ जेठ छ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।

 ✪  नेपालमा सडक यातायात पुगेको ७३ औ जिल्ला मुगू हो ।

 ✪   रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।

 ✪  नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।

0 comments: